काठमाडौं । लकडाउनपछि खुलेकाे बजारमा लगातार रेकर्ड कायम गर्दै गएकाे सुनकाे मूल्यले बुधबार पुनः नयाँ उचाइ लिएकाे छ ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी बुधबार तेजाबी सुनकाे मूल्य ९१ हजार २ सय ६५ रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ ।
यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । चाँदी १५ रुपैयाँले उकालो लागेर ९ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
gol
प्रकाशित मिति: बुधबार, असार १७, २०७७