काठमाडौ । साेमबार उच्च अंकले घटेर नेगेटिभ सर्किट लागेको नेप्सेमा मंगलबार भने उच्च अंकले बढेकै कारण सर्किट ब्रेक लागेको छ ।
कारोबार खुलेको पहिलो ४८ मिनेटमा नेप्से ४ प्रतिसत अर्थात ४० अंकले बढेपछि पहिलो पटक २० मिनेटका लागि सर्किट ब्रेक लागेको थियो ।
त्यसपछि कारोबार खुलेपछि नेप्से ५ प्रतिसत अर्थात ५० अंकले बढेपछि पुन ४० मिनेटका लागि दोस्रो पटक सर्किट ब्रेक लागेको थियाे ।
दोस्रोपटक पोजिटिभ सर्किट हानेर खुलेको ३ मिनेट नबित्दै कुल ६.०६ प्रतिशतले बढेपछि बजार बन्द गरिएको छ ।
मंगलबार कारोबारमा आएका १२ वटा उपसमूहमध्ये २ वटा उपसमूहका सूचक नकारात्मक देखिए भने बाँकी सबै उपसमूहका सूचक सकारात्मक देखिएका छन् ।
यस दिन २१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७