काठमाडाैं । आफूहरूले दिएकाे सुझाव धिताेपत्र बाेर्डले गम्भीर रूपमा लिएर साेही अनुसारकाे प्रक्रिया पनि सुरु गरेकाे भन्दै लगानीकर्ताहरूले दाेस्राे बजार सञ्चालन गर्न अनुराेध गर्ने निर्णय गरेका छन् ।
शुक्रबार धिताेपत्र बाेर्डकाे कार्यालउ जावलाखेलमा बसेकाे लगानीकर्ताहरूकाे संघसंस्थाबीचकाे बैठकले नेपालकाे पुँजी बजारलाई नीति नियम, पूर्वाधार र प्रविधले सम्पन्न गर्दै बजार विकास, विस्तार र सुधार गर्न लगानीकर्ता तथा अन्य सराेकारवालाकाे सुझाव गम्भीरतापूर्वक लिएकाे अनुभूति भएकाे भन्दै बजार सञ्चालन गर्न अनुराेध गर्ने निर्णय गरेकाे हाे ।
बैठकमा नेप्सेकाे अनलाइन काराेबार प्रणालीमा केही सुधार भएकाे र अन्य प्रक्रियामा पनि पहिलेका समस्याहरू समाधान भएकाे पाइएकाे निष्कर्ष निकालिएकाे थियाे ।
यसैगरी लगानीकर्ताहरूले अब उपरान्त कुनै पनि बहानामा दाेस्राे बजार बन्द हुने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् । उनीहरूले यस अवधिमा भएका प्रगतिकाे विवरण धिताेपत्र बाेर्डले जानकारी गराएर दाेस्राे बजार खाेल्न आग्रह गरेका छन् साथै लगानीकर्ताहरूलाई घरमै बसेर काराेबार गर्न प्राेत्साहन गर्ने पनि निर्णय भएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७