–नवीन रायमाझी ।
अमेरिका बस्ने मेरा केही मित्र हरुले फेसबुकको आफ्नो प्रोफाइल फोटोमा “परदेशमा ज्यान, नेपालमा मन“ लेखेर सजाएका छन, यसै त् सुन्दर तस्बिर त्यसमा पनि यस्तो सारगर्भित शब्द हरु राख्दा सुनमा सुगन्ध नहुने कुरै भएन । त्यस्तै नेपालमा पत्रकारिता गरेर त्यही पत्रकारिताको परिचय पत्रको सदुपयोग वा दुरुपयोग गरेर अमेरिका छिरेका एक कथित पत्रकार सधै म सँग कस्तो देसमा आइएछ भनेर गनगन गरीरहन्छन । माथी उल्लेखित दुइवटा उदाहरणमा पहिलोले बिदेसमा बसेर पनी नशा नशा मा देसको माया छ भनेर देखाउन खोजेको र दोश्रोले इच्छा नहुँदा पनी जबर्जस्ती बस्नु परेको भनेको हो भन्ने पंक्तिकारको बुझाइ छ । हुन् त् पंक्तिकार अपठित भएको कारण बास्तबिक कुरा नबुझेर अर्कै बुझेको पनी हुन् सक्छ, यदी यस्तो भएमा क्षमा चाहन्छु ।
अमेरिका बस्ने सबै उच्च स्तरका र नेपालमा बस्ने सबै निम्न स्तरका हुन् भन्ने अर्थ नलागेमा पंक्तिकार र पंक्तिकारकै हैसियतका व्यक्ति हरुलाई अमेरिका आउन पाउनु एउटा भाग्य नै हो जस्तो लाग्छ । मेरो बिचारमा एउटा नेपाली अमेरिका आउनु र देशका दुरदराजबाट अझै जंगली युगको जिवन बाचिरहेका राउटे समुदायका मानिसहरु काठमाडौँ आउनु लगभग उस्तै जस्तो लाग्छ । यहाँ आएपछि झ्याल ढोका खोल्नु देखि धारा खोल्नु सम्म र बाटो काट्ने देखि पसलमा गएर किनमेल गर्ने जस्ता सामान्य क्रियाकलापमा पनि अरुको सहायता लिनुपर्छ । त्यस्तै भाषाको समस्याको कारणले हामीले बोलेको अंग्रेजी न त् याँहा का मान्छे हरुले बुझ्छदछ्न न त् उनीहरुले बोलेको अंग्रेजी हामीले नै बुझ्छौ ।
यो देसमा आउनको लागि अनेकौ व्यक्तिले अनेकौ कानुनी र गैर कानुनी प्रयास गरेका छन, जसमा केही सफल भएका छन र कोहि असफल भएका छन । सफल हुनेले याँहा आएर इच्छा नहुँदा नहुँदै बस्नु परेको जस्तो अभिनय गर्नु र असफल भएका हरुले मलाई त् देसको माया लागेर आफ्नै देसमा बसेको भनेर झुट बोल्नु यो दुवै आत्मद्रोह को ज्वलन्त उदाहरण हो । यदी एउटा नेपाली लाइ सजिलै यो देसमा आउन सम्भब हुँदो हो त् हरेक दिन अमेरिकी दुताबासबाट भिसा अस्वीकृत भए पछि कालो अनुहार बनाएर फर्केका मान्छे हरुको भिड नदेखिनु पर्ने हो । अनि डी भी चिट्ठाको समयमा त्यो चिट्ठा भर्ने भिड नदेखिनुपर्ने हो । हरेक बर्ष डि भी भर्ने र म त् कहिले पनी भर्दीन भनेर झुट बोल्ने र अनेकौ पटक भिसा अस्वीकृत भएर पनी आफु कहिले दुताबास को वरिपरि नै नगएको जस्तो गर्ने हरुलाई यो थाहा नहुन सक्छ कि भिसाको लागि आबेदन दिएर अन्तरबार्ता दिएर सफल वा असफल भएका हरुको नालीबेली हेर्नु अहिलेको समयमा एक क्लिकको काम हो भनेर ।
त्यस्तै कोही अमेरिकामा अत्यन्तै दुख हुन्छ वा त्यँहा जिरो बाट सुरु गर्नु पर्छ र मलाई जाने इच्छा छैन भनेर डिङ्ग हाक्ने छन । यदी काम गर्नु दुःख हो भने यो संसार मै दुःख छ र यदी काम धाम केही नगरेर हल्लिएर खानु नै सुख हो भने यसमा मेरो केही भन्नु छैन । जँहा सम्म जिरो वाट अर्थात् तलै वाट सुरु गर्नुपर्छ भन्ने प्रश्नमा को को कति अङ्क सम्म पुगेका छन त्यो सबैलाई थाहा हुने कुरा भएन तर यो पंक्तिकार भने नेपालमा पनी जिरो नै थियो र याँहा आएर पनी जिरो नै छ । जँहा सम्म कस्तो काम गर्ने भन्ने कुरा छ त्यो भनेको नेपालमा होस् वा अमेरिकामा जो सँग जति शिक्षा र क्षमता छ त्यस्तै काम गर्ने हो, हुन् त् नेपालमा अर्काको थेसिस कपि पेस्ट गरेर पी एच डी उपाधि लिएका व्यक्ति देसको सबैभन्दा पुरानो बिश्व बिधयालय को उप कुलपति पनी हुन् सक्छन तर यतिको तुच्छ कार्य काँही कतै हुँदैन । एउटा कुरा फरक के हो भने नेपालमा कुनै काम नगरी अरुलाइ ठगेर र अर्काको भरमा परजीबी भएर गल्लीको भुस्याहा कुकुर जस्तो जिन्दगी बिताउन सकिन्छ तर याँहा यो सम्भब छैन ।
यहाँ बस्ने हामि सबैले बाध्यता वा सोख जे कारण ले भएपनि जन्म देस छोडेर यो कर्म देसमा आउँदा सानै रुपमा भएपनि आर्थिक सामाजिक रुपमा सबल भएका छौ, अत जुन ठाउँमा बसेर दुइ चार पैसा कमाएका छौ त्यो देसको उछितो काढ्नु एक किसिमको अपराध नै हो । यदी यो देसमा दुख हुँदो हो त् कोही पनी यहाँ नबसेर सबै फर्केर जाने थिए । यहाँ बाट कोही किन फर्केर गएन ? जो फर्केर नेपाल गएका छन त्यीनि हरु मुलत चार कारण ले गएका छन, पहिलो, फेरी फर्केर आउन सक्ने आफु बैधानिक भए पछि, दोश्रो, यहाँको नियम कानुनको बर्खिलाप गरेर अमेरिकी सरकार बाटै “डिपोट“ भएका हरु, तेश्रो, रोग लागेर शरीरले साथ् नदिएर काम गर्न नसके पछि (गैर कानुनी रुपमा बसेका हरु, कानुनी रुपमा बसेका हरुलाई रोग को उपचार गर्न कुनै कठिनाइ छैन), र चौथो बिभिन्न कारणले यहाँ टिक्न नसक्नेहरु । बेला बेलामा पत्रपत्रिका मा छापिने “अमेरिका बाट फर्केर गाइ पालन तिर“ भन्ने समाचार मा नेपाल फर्केका हरु अधिकांस यस्तै हुन ।
अन्तमा अमेरिकामा बस्ने हरुले पनी आफुलाई सर्बज्ञाता सम्झिने र नेपालमा बस्ने हरुले आफुलाई हिन भावनाले ग्रस्त हुनुपर्ने कारण छैन, अर्को तर्फ बिभिन्न तिक्डम गर्दा पनी आउन नसक्ने हरुले देसको माया लागेको भनेर अमेरिका लाइ अमिलो अंगुर भन्नु अर्को मुर्खता हो । जसलाई आउने इच्छा नै छैन त्यो व्यक्तिले मलाई यहाँ जाने इच्छा छैन भनेर भनिरहनुको कुनै अर्थ हुँदैन, जान मन नलागेको ठाउंमा नगई आरामले बस्ने अधिकार देसको संबिधानले दिएको नै छ । अन्तमा जसलाई यहाँ करकापले बस्नु परेको छ त्यसले छिटो भन्दा छिटो यो देस छोडेर नेपाल गएर बस्दा हुन्छ, यदी मैले यहाँ बस्न मन लागेन भनेर भन्दा “तिमि जस्तो महान मान्छेले यो देस छोडेर गए भने बर्बाद हुन्छ, यतै बसेर हामीलाई कृपा गरिरहनु “ भन्छ भन्ने आशा गरेको हो भने त्यस्तो कसैले भन्दैन । जसलाई देसको माया लाग्छ र आफ्नो देस बनाउने इच्छा छ त्यीनि हरु नेपाल मै बसुन र जसलाई बिकसित देसमा गएर बस्ने इच्छा छ र त्यो मौका पनी पाएका छन उनीहरु बिदेसमा गएर बसुन, आफ्नो इच्छा अनुसार गर्ने सबैलाई अधिकार भएकोले अरुको इच्छामा दखल दिनु उचित होइन । मलाई थाहा छ यो आलेख पढिसकेपछि केही हिन भाबनाले ग्रस्त मानसिक रोगि हरुले चर्को बिरोध गर्नेछन, तर त्यस्ता आधारहीन बिरोध हरुले मलाई नछुने भएकोले नकारात्मक “कमेन्ट“ को आशा गरेको छु ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७३