काठमाडौ : नेपाल राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
बैंकले आइतबार एक सूचनामार्फत यही जेठ १४ गते मंगलबार ‘विकास ऋणपत्र २०८२ ग’ बिक्री गर्न लागेको हो ।
बोलकबोलको माध्यमबाट बिक्री गर्न लागिएको सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् ।
ऋणपत्र धितोमा राखी ऋण लिन वा दिनसमेत पाइने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने देखिएको छ ।
बैंकका अनुसार घटीमा पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने छ ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६