काठमाडौं : रुसको राजधानी मस्कोमा ७३ जना सवार एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घाइते ६ मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा ७८ यात्रु र चालक दलका ५ सदस्य थिए ।
सो विमानमा उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको थियो ।
रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित ३३ व्यक्तिको नामावली प्रकाशित गरेको छ ।
भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो । शेरेमेट्येभो बिमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको उक्त बिमान विमानमा प्राविधिक समस्या रहेको भन्दै शेरेमेट्येभो फर्किएको थियो ।
बिमानस्थलमा जबर्जस्ती उत्रनासाथ बिमानमा आगो लागेको थियो । सुपरजेट भनिने रुसी एसएसजे१०० दुई इन्जिनयुक्त जहाज हो । यो बिमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो । यस बिमानको उत्पादक सुखोई सिभिल एयरक्र्याफ्टले आइतबार दुर्घटनाग्रस्त बिमानको गत अप्रिलको शुरुमै मर्मत गरिएको जनाएको छ । एरोफ्लोटले पाइलटहरुमा करिब एक हजार ४०० घण्टा बिमान उडाएको अनुभव रहेको बताएको छ ।
सोभियत सङ्घ युगको बिमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले एसएसजे१०० सिरिजका नयाँ बिमान विकास गरेको थियो । यही सिरिजका बिमानहरु रुस बाहेक आर्मेनीया र मेक्सिको समेतका अरु देशमा पनि प्रयोग भइरहेको छ
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६