काठमाडाैं : सरकारले सामाजिक सुरक्षा भत्ताको रकममा वृद्धि गरेको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरेको हो ।
अन्यबेला बजेटमार्फत् घोषणा हुने गरेको यस्तो निर्णय यसपटक भने सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बढाउने प्रतिबद्धता जनाएको हो ।
आगामी जेठ १५ गते आउने बजेटमार्फत कुन क्षेत्रमा कति रकम वृद्धि भयो भन्ने टुंगो लाग्ने छ । बजेट निर्माणको क्रम सुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत वृद्धभत्ता बढ्ने बताएका थिए ।
रक्षामन्त्री ईश्वर पोखरेलले वृद्धभत्ता बढाएर पाँच हजार रुपैयाँ पुर्याउनेबताएका थिए । अर्थ मन्त्रालय सम्बद्ध अधिकारीका अनुसार भने एक हजार रुपैयाँसम्म बढ्न सक्ने संकेत छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६