एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले नट्र डाम चर्चको पुनर्निर्माण गरिने बताएका छन् । पेरिसस्थित ८५० वर्ष पुरानो यो विश्वप्रसिद्ध चर्चमा सोमबार साँझ आगो लागेको थियो ।
आगो ९ घन्टापछि नियन्त्रणमा लिइएको थियो । चर्चको मुख्य भवन र दुवै टावर बचाइएपनि आगोले यसको छत खसेको छ । पेरिसको यो मध्यकालीन चर्चमा सोमबारराति साढे ६ बजे आगो लागेको देखिएलगत्तै भवन आगोले ढाकेको देखिएको थियो ।
आगो के कारणले लाग्यो भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । यो भवन ८५० वर्ष पुरानो हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६