टेक्सास : अमेरिकाका केही दक्षिणी राज्यमा आँधीले टोर्नाडोको रूप लिएर बाढी आउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
टेक्सासमा रूख ढलेर एउटा कारलाई किच्दा दुई बालबालिकाको मृत्यु भएको छ । कारको अगाडि बसेका ती बालबालिकाका अभिभावक सकुशल छन् ।
दक्षिणी राज्यहरु मिसिसिपी, टेक्सास र लुइजियानामा बाढी र टोर्नाडोबाट मानवीय क्षति भएको छ । आँधी र बाढीले सडकमार्गहरु अवरोध हुँदा घन्टौंसम्म पनि घाइतेको उद्दार गर्न सकिएको छैन ।
अधिकारीहरूले आँधी पूर्वी तटतर्फ जान सुरु गर्नुअघि कम्तीमा ११ वटा टोर्नाडोले तीनवटा राज्यलाई छोएको बताएका छन् । ओहायो, दक्षिणी क्यारोलिना र भर्जिनियामा पनि टोर्नाडोको चेतावनी दिइएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६