काठमाडौं : नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको पेप्सीकोला टाउन प्लानिङमा आफ्नो ७९औँ शाखा विस्तार गरेको छ । काठमाडौं– ३२, पुरानो सिनामंगलस्थित पेप्सीकोलाको टाउन प्लानिङमा बैंकले शाखा खोलेको हो । आजैबाट बैंकको परिसरभित्र ११२औँ एटिएम पनि संचालनमा ल्याइएको छ ।
बैंकका संचालकहरू प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ, निरन्जनलालश्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको थियो ।
बैंकले ग्रामीण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसँगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सीकोलामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तीय कारोबार हुने यस शाखामा स्थानीय मागअनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको बताइएको छ ।
हाल बैंकले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ । सातवटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, नौवटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत् बैंकले आफ्ना ग्राहकको सन्तुष्टिलाई उच्चतम स्थान दिइरहेको दाबी गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५