बैंकक : थाइल्यान्डको फुकेटस्थित समुद्री किनारमा सेल्फी लिने पर्यटकलाई मृत्युदण्डको सजायसम्म हुनसक्छ ।
थाइल्यान्डका सुरक्षा अधिकारीले सो क्षेत्र नजिकैबाट विमानको उडान हुने भएका कारण यो स्थानमा सेल्फी लिन रोक लगाइएको बताएका छन् ।
उनले सेल्फी लिँदा विमान उडाइरहेका चालकको ध्यान त्यसतर्फ मोडिएर उडानका क्रममा खतरा पैदा हुनसक्ने तर्क गरेका छन् । यो नियम तोड्नेलाई अधिकतम मृत्युदण्डसम्मको सजाय हुनसक्छ । जसका लागि समुद्रको किरानामा घेरा बनाइएको छ र त्यहाँ सेल्फी लिन रोक लगाइएको छ ।

फुकेट द्वीपमा रहेको यो विमानस्थल अत्यन्तै व्यस्त रहन्छ र यहाँ मानिसहरु नजिकै उड्ने विमानसँग सेल्फी दिनका लागि आउने गर्छन् । यसैकारण पनि यो लोकप्रिय पर्यटकीय केन्द्र पनि बनेको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा जेट पर्यटकको नजिकैबाट जाँदै गरेको देखाइएको छ । यी तस्बिरका कारण विमानस्थलका अधिकारीहरु समेत हैरानीमा परेका छन् ।
चेतावनीका बाबजुद यहाँ सेल्फीका लागि जानेको संख्यामा कमी आएको छैन । अधिकारीहरुले सेल्फीकै कारण कसरी विमानको सुरक्षामा खतरा हुन्छ भन्नेबारेमा केही बताएका छैनन् ।
तर जसरी ड्रोन या लेजर पेनका कारणबाट पाइलटको ध्यान भंग हुन्छ, त्यसरी नै सेल्फीको पनि असर हुनसक्ने मानिएको छ । अधिकारीहरुले स्थानीय मिडियासँग कुरा गर्दै नियम तोड्नेमाथि अधिकतम मृत्युदण्डको सजाय हुनेगरी मुद्दा चलाइने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५