लण्डन : बेलायतको संसदको तल्लो सदन हाउस अफ कमन्सले बेलायत युरोपेली संघबाट बाहिरिने ब्रेक्जिटको समयसीमा बढाउन ईयूसँग समय माग्ने प्रस्ताव स्वीकृत गरेको छ ।
यो सँगै प्रधानमन्त्री थेरेसा मेलाई ब्रेक्जिटको समयसीमा बढाउन ईयू नेतासँग छलफल गर्नेछिन् । संसदमा भएको मतदानमा समयसीमा बढाउन माग गर्ने प्रस्ताव एक मतको अन्तरले पारित भएको हो ।
अर्को साता ईयूबाट हुनसक्ने अनुमान गरिएको सम्झौता बिनाको बेलायतको बहिर्गमन रोक्नका लागि सांसदहरूले मत दिएका हुन् ।
गतिरोध अन्त्यका लागि प्रधानमन्त्री थेरेसा मेले विपक्षी लेवर पार्टीका नेता नेता जेरेमी कोर्बिनसँग छलफल गरेपछि बेलायती संसदमा मतदान भएको थियो । सो प्रस्ताव लेबर पार्टीकै एक सांसदले गरेका थिए ।
पारित भएको प्रस्ताव कानुन बन्नका लागि बेलायतको माथिल्लो सदनबाट समेत पारित हुनुपर्छ । ईयूले यसका लागि स्वीकृति दिन्छ वा दिंदैन भन्ने चासो समेत उत्तिकै छ ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५