–रबिन्द्र दुवाडी
जतिबेला नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गर्यो त्यसबेला देखि नै स्थानीय स्तरमा दुई फरक तरङ्ग पैदा भयेको स्पष्ट अनुभव गर्न सकिन्थो । सामान्यतया औद्योगिक क्षेत्र भन्ने बित्तिकै त्यसबाट शृजना हुनसक्ने सम्भवित रासायनिक तथा जैविक असर र त्यसको उचित व्यबस्थापन प्राथमिकतामा आउने गर्दछ भने त्यससँगै औद्योगिक क्षेत्र बिकासले दिने आर्थिक तथा सामाजिक बिकास र स्थानिय तथा राष्ट्रीय स्तरमा जनताको जिविकोपार्जनको गुणस्तर वृद्दि अर्को महत्त्वपूर्ण पाटो भित्र पर्दछ । एक सचेत एवम् वौधिक दृस्टिकोणले यी दुबै कुराको निस्पक्ष मुल्यांकन गर्दै अघि बढ्नु नितान्त आवस्यक देखिन्छ।
यो एक विचारणीय कुरा हो कि औद्योगिक क्षेत्र बन्नासाथ हाल कयाम रहेको उदयपुर सामुदायिक वन भित्र रहेका बोट बिरुवा नस्ट हुने हुन कि हैनन? बिज्ञान तथा प्राविधिको पुर्वाधार बिकास गर्दा त्यस क्षेत्र आसपासको पारिस्थितिक पद्धति, पर्यावरणिय स्थिरता र रासायनिक प्रदुषणको उचित व्यवस्थापनको खाका तयार हुनु अनिवार्य हुन्छ त्यसैले यस कार्यमा पनि स्वोही नियम लागू हुने प्रष्ट प्रय: छ ।
हामी कुन स्तरको बौद्धिक दक्षता रख्दछौ र त्यो कुन हद्सम्म कार्यनायक बन्छ भन्ने कुरा प्रस्तवित कार्यको थालनी हुन पुर्व गरिने गृहकार्यले देखाउछ । राष्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत औद्योगिक क्षेत्र तथा त्यसको बिकास वनक्षेत्र भित्र त्यहाको जैविक पारिस्थितिक प्रणलिमा असर नपर्ने गरि गरियको प्रशस्त उदाहरणहरु पाइन्छ । हरिया बोट्बिरुवाहरुले पर्यावरणमा देखापर्ने हानिकारक ग्यास तथा रसायनहरुलाई समेत नियन्त्रण गर्नमा महत्त्वपूर्ण भुमिका खेल्दछ । त्यसैले हरियो वनसहितको औद्योगिक विकास गर्न सबैको ध्यान जान आवश्यक छ ।
स्थानिय स्तरदेखी केन्द्रिय तहसम्म यो कुराको आत्मसाथ हुन जरुरी छ कि औद्योगिक क्षेत्रको विकासले निम्त्याउने तत्कालीन तथा दीर्घकालीन फाइदा र असर के कस्तो हुन सक्छ, साथै फाइदा वृद्धि र असर न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने हिसाबको बैज्ञानिक छलफल नितान्त आवश्यक छ । हाम्रो छलफल अन्तर्राष्ट्रिय रुपमा निषेध गरिएका रसायन तथा उत्पदनहरुको बारेमा जानकार हुँदै कसरी वातावरण मैत्री औद्योगिक विकास गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुन जरुरी छ ; न कि राष्ट्र विकासको मेरुदण्डको रुपमा रहने कार्यलाइ विभिन्न स्वर्थपुर्तीको लागि बिथोल्ने तिर उग्र रुपमा लाग्नु: हाम्रो क्षेत्रको लागि हानिकारक बाहेक अरु केइ होला जस्तो लाग्दैन । व्यबहारिकता र बौद्धिकता ले हासिल गरेको ज्ञानलाई आफ्नै क्षेत्रमा लगानी सकिने महत्त्वपूर्ण आधरहरु भनेका शिक्षा , स्वास्थ , उद्योग नै हुन । यो एक अत्यन्तै फलदायी कदम हो कि जुटपानी, शक्तिखोर, पदमपुर एवं आसपासका क्षेत्रमा रोजगारिको एउटा नमुना केन्द्रको रुपमा यो औद्योगिक क्षेत्र बन्न सक्छ । यसले कुनै राजनीति गुट वा व्यक्ति विषेशलाई भन्दा पनि योग्यता र क्षमताका आधारमा सबैलाई एक हिसाबको लाभ प्रदान गर्ने कुराको आकलन गर्न सकिन्छ।
हामिले तत्कालका लागि भन्दा पनि दीर्घकालका लागि सोच पुर्याउनु पर्ने हुन्छ । विकासको मुल त्यति बेला फुट्छ जतिबेला देशका दक्ष एवं शिक्षित व्यक्तिहरुले स्वदेशमै कुनै न कुनै हिसाबको रोजगारी पाउँछन् । त्यसको लागि आवश्यक पर्ने जनशक्ति सकेसम्म स्थानीय रूपमा परिचालन गर्न सकियो भने स्थानिय क्षेत्रको वृतिविकासमा ठुलै फड्को मार्न सक्दछ। तसर्थ पर्यावरणीय क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्दै मन्त्रीपरिषदबाट अनुमोदन भएको कुरामा क्षणिक स्वर्थहरु त्याग्दै आफ्नो क्षेत्र विकासमा सहयोग पुर्याउदा त्यसले ठुलै महत्त्व रख्दछ । के हाल वहशमा एवं विवादमा देखिएको शक्तिखोर औधोगिक क्षेत्र पर्यावरणीय कारणले मात्रै हो त?
यदि त्यसो हो भने, यो पक्का हो कि स्थानीय स्तरका जनताको स्वास्थमा प्रतिकुल प्रभाव पर्ने गरि कुनै पनि विकास संभव हुन सक्दैन र त्यो कार्य एन नियम विपरीत समेत हुन पुग्दछ ।
काम को सहि लेखाजोखा गर्नको लागि स्थानीय स्तरमा निम्न कुराहरूमाथी बौद्धिक एवं प्राविधिक छलफल हुनु आवश्यक हुन्छ
१. उद्योगबाट निस्कने नसड्ने अतिरिक्त वस्तुहरुको व्यवस्थापन कसरी गर्ने?
२. तत्कालीन अवस्थामा रहेकोे वनक्षेत्रको कति % रुखहरु कटान गर्नुपर्ने र त्यसले दिने पर्यावरणीय असर व्यवस्थापनमा के कस्तो उपायहरु अबलम्बन गर्ने र दिगो विकासमा औद्योगिक क्षेत्रले खेल्न सक्ने भुमिका के के हुन सक्छन?
३. औधोगिक क्षेत्रबाट निष्कासन हुने हानिकारक रसायनको उचित व्यवस्थापन कसरी गर्ने?
४. स्थानीय स्तरमा रहेका शिक्षित दक्ष एवं योग्य र अशिक्षित व्यक्तिहरुको रोजगारीमा उद्योगले के कस्तो अवशर शृजना गर्न सक्छ?
५. स्थानीय स्तरको पर्यावरणीय अवस्था र दिगो विकासमा उद्योगले खेल्न सक्ने भुमिका के के हुन सक्छन?
यी र यस्तै शिर्षकहरुमाथीको बैज्ञानिक छलफलले एउटा निचोडमा पुग्न सहयोग पुर्याउन सक्छ भने औद्योगिक क्षेत्र विकासले वरपरको क्षेत्रमा सकारात्मक प्रभाव पर्दै दीर्घकालीन रुपमा यो क्षेत्र राष्ट्रको आर्थिक मेरुदण्डकोरुपमा उभिन सक्ने कुराको परिकल्पना गर्न सकिन्छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७३