काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आजको न्युज डटकममा प्रकाशित समाचारहरूप्रति पठाएको खण्डन पत्र हामीले जस्ताको त्यस्तै प्रकाशित गरेका छौं। खण्डनको पूर्ण पाठ तल प्रस्तुत गरिएको छ ।
श्री सम्पादकज्यू,
मिति: २०८२।०८।०२
आजको न्युज प्रा. लि.,
कामनपा, वडा नम्बर ३१
बानेश्वर, काठमाडौं, नेपाल
बिषयः- खण्डन भनाई सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा तपाई सम्पादक रहेको www.aajkonews.com अनलाईन सञ्चार माध्यमबाट देहायका मिति तथा देहायका शिर्षकमा प्रकासित, प्रसारित सामाग्री उपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामाग्रीका सम्वन्धमा मेरो देहाय अनुसार बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई प्राथमिकताकासाथ स्थान दिनुहोला ।
देहायः
१. www.aajkonews.com मा मिति २०८२ कात्तिक २८ गतेका दिन "राजदूतको चरम लापरवाहीले लाखौँ नेपाली कामदारको रोजगार गन्तव्य दुवई महिनौँदेखि ठप्प" समेतको शिर्षकमा महामहिम राजदुतले गल्ति गरेको जसरी भ्रम छर्ने उदेश्यले समाचार बनाएको देखिन्छ ।
यहि समाचारमा महामहिमको तस्विर समेत राखि दुरुपयोग गरेको देखिन्छ | भिसा प्रक्रिया यूएई सरकारले आफ्नै नीतिगत कारणले थप व्यवस्थित, नियन्त्रण तथा नियमित गर्न लागेको बताइएको छ, तर समाचारमा जानाजानी "राजदूतको लापरवाहीका कारण भिसा ठप्प भयो" भन्ने दाबी गरिएको छ, जुन पूर्णरूपमा असत्य र जनतालाई भ्रममा पार्ने खालको दुष्प्रचार हो। समाचारमा प्रयोग गरिएको भाषा र आरोपले सार्वजनिक पदमा रहेका व्यक्तिको इज्जतमा आँच पुर्याउने उद्देश्य स्पष्ट देखिन्छ।
२. www.aajkonews.com मा भाद्र ११ गते २०८२ "राजदूत कि मेनपावर एजेन्ट" शिर्षकमा महामहिम राजदुतको तस्विर समेत राखि युएईस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्री आजभोलि देश र जनताको हितमा होइन, केही मेनपावर कम्पनीको एजेन्टको रुपमा दिनरात सक्रिय रहेका भेटिन्छन् समेतका सामाग्री राखि गम्भिर मानवअधिकार हननको बिषय राखी समचार बनाएको रहेछ । उक्त समाचारमा आबुधाबीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीमाथि व्यक्तिगत र पेशागत छविमा गम्भीर आँच पु-याउने तथा दुताबासको संस्थागत बदनाम गर्ने उद्देश्यले तथ्यहीन र अपुष्ट आरोप पूर्णरूपमा असत्य र जनतालाई भ्रममा पार्ने खालको दुष्प्रचार हो। समाचारमा प्रयोग गरिएको भाषा र आरोपले सार्वजनिक पदमा रहेका व्यक्तिको इज्जतमा आँच पुर्याउने उद्देश्य स्पष्ट देखिन्छ।
३. www.aajkonews.com मिति २०८२ मंसिर २ गते सोमवारका दिन "दुबईमा रोक्का रहेको कामदार भिसा खुलाउन दूतावासबाट उचित पहल नभएको एसोसिएसनको ठहर" भत्रे बिषयमा संयुक्त अरब इमिरेट्समा दुई महिनादेखि नेपाली कामदारको भिसा रोकिँदा पनि त्यहाँस्थित नेपाली दूतावास कानमा तेल हालेर बसेको आरोप समेत भनि भ्रामक तथा दुताबासको संस्थागत बदनाम गर्ने उद्देश्यले तथ्यहीन र अपुष्ट समाचार बनाएको।
४. अतः समाचारहरुमा पटकपटक मेरो नाम तथा फोटो राखी योजनाबध्द र नियोजितढंगले पूर्णरूपमा झुठा विवरण राखी भ्रमपूर्ण, आधारहीन, कपोकल्पित मानमर्दन गर्ने र उद्देश्यमूलकरूपमा आचार संहिता बिपरित समाचार प्रकाशित गरी मानसिक आघात तथा राष्ट्रसेवक कर्मचारीको व्यक्तिगत र पेशागत छविमा गम्भीर आँच पु-याउने नियतकासाथ समाचारहरु र भिडियोसमेत प्रकाशित भएकोमा गम्भीर आपत्ति प्रकट गर्दछु। उक्त समाचारले दूतावास र नेपाल सरकारको कूटनीतिक छवि मात्र होइन, राष्ट्रको प्रतिष्ठा, राष्ट्रसेवक कर्मचारीको व्यक्तिगत र पेशागत छविमा गम्भीर आँच पु-याउने र जिम्मेवार पत्रकारितामाथि पनि प्रत्यक्ष प्रहार गरेकोछ।
माथि उल्लेखित समेतका समाचारहरु तथा मेरो तस्विरको दुरुपयोग गरिएको कुरा तत्काल हटाई अब उप्रान्त केहि सुचना चाहिएमा वा समाचार लेख्दा नेपाली राजदूतावास आबुधावीको वेवसाईटमा दिईएको बिबरण, मन्त्रालयको प्रवक्तासंग तथा दूतावास र प्रवक्तासँग आधिकारिक प्रतिक्रिया लिई, प्रमाण र तथ्यसहित आरोप पुष्टयाइंसहित सत्य तथ्य समाचार बनाईदिनु हुन अनुरोध गर्दछु ।
उजुरीकर्ता,
तेजबहादुर क्षेत्री
राजदूत तथा नेपाली दूतावास, आबुधाबी, यूएई
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२