काठमाडौं – दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो चरणको अक्सनबाट ८ टिमले २६ खेलाडी अनुबन्ध गरेका छन्।
सबैभन्दा सक्रिय देखिएको काठमाडौं गोर्खाजले आफ्नो कोटा अनुसार ५ खेलाडी भित्र्याउँदै ३७ लाख रुपैयाँ खर्च गर्यो। अन्य टिम भने पहिलो चरणमै पूर्ण कोटा पूरा गर्न सकेनन्।
यसपटकको अक्सनमा सर्वाधिक १५–१५ लाख रुपैयाँ मूल्य पाएका खेलाडीमा मोहम्मद आदिल आलम (काठमाडौं), अर्जुन साउद (चितवन), देव खनाल (चितवन) र पवन सर्राफ (कर्णाली) पर्छन्।
पहिलो चरणमा अनसोल्ड भएका खेलाडीलाई न्यूनतम मूल्यमा अनुबन्ध गर्ने अवसर दोस्रो चरणमा टिमहरूले पाउनेछन्।
पहिलो चरणमा टिम र मूल्यसहित अनुबन्धित खेलाडीहरू
देव खनाल – चितवन (१५ लाख)
अर्जुन साउद – चितवन (१५ लाख)
पवन सर्राफ – कर्णाली (१५ लाख)
मोहम्मद आदिल आलम – काठमाडौं (१५ लाख)
दिलीप नाथ – लुम्बिनी (१० लाख)
शेर मल्ल – लुम्बिनी (१० लाख)
हेमन्त धामी – सुदूरपश्चिम (१० लाख)
सूर्य तामाङ – विराटनगर (१० लाख)
सन्तोष यादव – काठमाडौं (१० लाख)
युवराज खत्री – कर्णाली (१० लाख)
मयन यादव – जनकपुर (७ लाख ५० हजार)
आकाश त्रिपाठी – काठमाडौं (७ लाख)
नारायण जोशी – विराटनगर (५ लाख)
साहिल पटेल – विराटनगर (५ लाख)
अर्जुन कुमाल – पोखरा (५ लाख)
विशाल पटेल – लुम्बिनी (५ लाख)
आदित्य महता – जनकपुर (५ लाख)
उत्तम थापा मगर – काठमाडौं (३ लाख)
टेकबहादुर रावत – सुदूरपश्चिम (२ लाख)
अभिषेक तिवारी – पोखरा (२ लाख)
सचिन भट्ट – जनकपुर (२ लाख)
दीपेन्द्र थापा – सुदूरपश्चिम (२ लाख)
तुलबहादुर थापा – काठमाडौं (२ लाख)
कृष्ण पौडेल – पोखरा (२ लाख)
इमरान शेख – कर्णाली (२ लाख)
दीपक डुम्रे – कर्णाली (२ लाख)
प्रकाशित मिति: शनिबार, साउन २५, २०८२