भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीलाई सकुशल उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतीय अधिकारीहरूले उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जानकारी दिएका छन्।
उद्धार भएकामध्ये बीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह (श्रीमान्, श्रीमती र छोरा), दिनेश र गंगा (श्रीमान् र श्रीमती), सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही रहेका छन्।
दूतावासका अनुसार तीन जना हरिद्वार जाँदै थिए भने बाँकी उतै स्थायी रूपमा बसोबास गर्दै आएका थिए।
प्रकाशित मिति: शनिबार, साउन २५, २०८२