काठमाडौ । इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौं मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
११० सदस्यीय प्रदेशसभामा बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन जुटाए। सरकार गठनका लागि आवश्यक ५६ भन्दा बढी समर्थन पाएका उनले धारा १६८(२) अनुसार दाबी पेश गरेका थिए।
मकवानपुर निवासी बानियाँ यसअघि संघीय सरकारले गृह र पर्यटन राज्यमन्त्री भइसकेका छन्। अघिल्लो कार्यकालमै मुख्यमन्त्री बन्न प्रयास गरेका उनले यसपटक बहादुर सिंह लामालाई दल नेताबाट हटाउँदै सत्ता सम्हालेका हुन्।
कांग्रेस र एमालेबीचको सहमति अनुसार बानियाँले करिब ८ महिना मात्र सरकारको नेतृत्व गर्ने र त्यसपछि एमालेलाई सत्ता हस्तान्तरण गर्नेछन्।
प्रकाशित मिति: मंगलबार, साउन २१, २०८२