काठमाडौँ । सरकारले साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकमा गरिएका १० निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो।
प्रवक्ता गुरुङका अनुसार, नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले पेश गरेको स्वैच्छिक अवकाश निवेदन स्वीकृत गरिएको छ। अवकाश २०८२ साउन २ गतेदेखि लागू हुनेछ।
त्यस्तै, बैठकले विश्व बैंकबाट विकास प्रभावकारिता प्रवर्द्धनका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्ले अन्य निर्णयहरू पनि गरेको जानकारी दिइएको छ, जसको विस्तृत विवरण क्रमशः सार्वजनिक गरिनेछ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०८२