काठमाडौं । ।नेपाल पत्रकार महासंघको सदस्यता विवाद चर्किएपछि चुनावको मिति सर्ने निश्चित भएको छ । यही जेठ २६ गते हुने भनिएको महासंघको चुनाव सर्ने भएपछि सम्भावित उम्मेदवारहरू आफ्नो तयारी अझैं ब्यापक बढाउन थालेका छन् ।
आगामी नेतृत्व पाउनका लागि विभिन्न व्यक्तिहरूले आफूनिकट दलहरूको दैलो गुहारिरहेकै छन् । पत्रकार महासंघको बर्तामान नेतृत्वले शुद्धिकरणमा गरेको असफल प्रयासलाई पनि सम्भावित उम्मेद्वारले आफ्नो आगामी मुद्दा बनाइरहेको विषय अझैं रोचक बनिरहेको छ । जेहोस्, पत्रकार महासंघको आगामी नेतृत्वका चयनका लागि चुनावी सरगर्मीले भने बजार तातेको छ ।
महासंघको आगामी नेतृत्वका लागि विभिन्न तरिकाले कसरत भइरहेको छ । अहिलेको कसरत हेर्दा नेपाल प्रेस युनियन र प्रेस चौतारीको नेतृत्वमा दुइ गठबन्धन बन्ने तयारी तिब्र पारिएको छ । यसको विकल्पको रूपमा तीन वटा ठूला संगठन चौतारी, युनियन र प्रेस सेन्टरले भागबण्डाका आधारमा सिंगो गठबन्धन पनि बन्न सक्ने गतिबिधि भइरहेका छन् । यस्तो गठबन्धन बनेमा तीनवर्ट संगठनभित्रका केही बागी उम्म्ेद्वारहरूले अन्य साना संगठन र स्वतन्त्र पत्रकारसहितको अर्को गठबन्धन पनि बन्ने निश्चतप्राय छ ।
चुनावी सरगर्मीको माहोल हेर्दा नेपाल प्रेस युनियनमा अहिलेका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघको आगामी अध्यक्षका लागि आफूलाई बलियो दाबेदारका रूपमा प्स्तुत गरिरहेका छन् । बिष्टबाहेक युनियनभित्र रामजी दाहाल पनि आकांक्षी देखिएका छन् ।
प्रेस युनियनले प्रेस सेन्टर र चौतारीसँग सहकार्य गरेको स्थितिमा बरिष्ठ उपाध्यक्ष बिष्ट श्रमजिवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीसँग सहकार्य गरी आफ्नो नेतृत्वमा नयाँ टिम घोषणा गर्ने गरी तयारी गरिरहेको स्रोतले बताएको छ । यता प्रेस सेन्टरको तर्फबाट श्रमजिवी पत्रकार संघ नेपालका अध्यक्ष जैसीले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन् । जैसीबाहेक प्रेस सेन्टरमा बलराम थापा, खिलबहादुर भण्डारीलगायतका पत्रकारहरू आकांक्षी देखिएका छन् ।
यसैगरी एमाले निटक संगठन चौतारीको तर्फबाट निर्मला शर्माको सम्भावना बलियो देखिएको छ । भने चौतारीका अध्यक्ष गणेश बस्नेत र अखण्ड भण्डारी पनि आकांक्षी देखिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१