काठमाडौँ । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौँबाट ४ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४ जनालाई पक्राउ गरी आज (मंगलबार) सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा छन् ।
उनीहरुले क्यास एप, फायरक्रिन एप्लिेकशेनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका चारै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०