काठमाडौँ । प्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आरती साहको परिवारबीच भेटवार्ता भएको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा आफूहरूले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएको आरतीको पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले न्यायका लागि पहल गर्ने आश्वासन समेत दिएका छन् ।
जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उनका श्रीमान् पुर्पक्षका लागि थुनामा समेत गरेका छन् । तर उनको माइती परिवारले पूर्ण न्याय माग गर्दै धर्नामा छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०