काठमाडौँ । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फिर्ता भएको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।
समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०