काठमाडौँ । लागु औषधको मुद्दामा पक्राउ परेका थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन्।
नेपाल प्रहरीका तत्कालीन जवान वीरवल यादवलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो।
रौतहट घर भएका यादव १६ वर्ष अगाडि थुनुवालाई लिएर भागेका थिए। यादव लामो समयसम्म भारतमा गएर लुकेर बसेका थिए।
लामो समयपछि घर फर्किएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो।
यादवले भगाएका थुनुवा भारतीय नागरिक नै हुन्। लागु औषधसहित पक्राउ परेका ती थुनुवालाई १० लाख रुपैयाँ पाउने आशामा यादवले भगाएका थिए।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०