मदन राई पेशाले कृषि वैज्ञानिक हुन । कृषि बैज्ञानिकका रुपमा उनले देश विदेशमा लामो सेवा गरे । मुस्ताङमा स्याउ खेतीको प्रबर्द्धन गर्ने देखि अफ्रिकी मुलुकमा समेत आफ्नो बिज्ञताको उपयोग गरे । जीवनको एउटा कालखण्डमा ती सबै काम छोडेर नेपालको शिक्षा प्रणाली बदल्न उनी अघि सरे । आजभन्दा २३ बर्ष अगाडि खोटाङको दिक्तेलमा उनले रोपेको बिरुवाले यतिबेला फल दिन थालेको छ ।
सुभद्रा मदन फाउण्डेसनका रुपमा आफूले रोपेको बिरुवाले फल दिन थालेका बेला उनलाई भने नसोचेको जटिलता आइलागेको छ । देश बदल्न हिँडेका मदन राईलाई यतिबेला यौन दुर्व्यवहारको आरोप लागेको छ र उनले त्यससम्बन्धी मुद्दा खेपिरहेका छन् । यहि मेसोमा हामीले मदन राई र उनले सुरु गरेको सुभद्रा मदन फाउण्डेसनका बारेमा भिडियो रिपोर्ट बनाएका छौं । यसबाट मदन राई र शुभमको उद्देश्यबारे आम सर्वसाधारणलाई बुझ्न सजिलो हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०