काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौँबाहिर प्रदर्शन भएको छ ।
प्रदर्शनमा सहभागीहरूले ‘विश्वविद्यालयमा हुने अपराधी करणको अन्त्य गरौँ’, ‘न्याय हराए कहाँ जाने ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका छन् । बृहत् नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा चलाउने स्वयं सहभागी छन् ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०