काठमाडौँ । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा रहेको जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको भन्दै तालाबन्दी गरेका छन्।
कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले अहिलेसम्म पाठ्यपुस्तक नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन्।
विद्यालयको लापरबाहीले अहिलेसम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीहरूको आरोप छ। पुस्तक नपाएसम्म विद्यालय खोल्न नदिने विद्यार्थीहरूको चेतावनी छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०