काठमाडौँ । सुनसरीको बराह क्षेत्र नगरपालिका–१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ ।
बुबाको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर गएका ३ जनाको नुहाउने क्रममा सप्तकोसीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको दमक नगरपालिका-९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका-७ का १८ वर्षीय राजु गुरागाईँको सप्तकोसीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राईले बताए ।
गत बुधबार श्राद्ध गर्नु अगाडि नुहाउने क्रममा बेपत्ता भएका न्यौपाने दाजु-भाइको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेलापारी पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रवक्ता राईले बताए।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०