फ्रेस हुनु भनेको अयोग्य हुनु होइन योग्य हुने सम्भावनायुक्त पात्र हुनु हो l सामान्य मान्छे भित्र पनि थुप्रै सम्भावना र खुवी रहेका हुन्छन् l एज र एजेण्डा बलियो हुनेलाई ग्रीन सिग्नल प्राप्त हुन्छ l टायर्ड र रिटायर्ड पुराना र परम्परागत दल र तिनका प्रतिनिधिरूलाई चर्को चुनौती बनेर उदीयमान राष्ट्रिय स्वतन्त्र पार्टीका केही उमेद्वारहरू देशभर हावी भैरहेका छन् l हरियो झण्डा पाइरहेका छन् l त्यस्तै मध्येकी एक हुन् सोविता गौतम जो काठमाण्डौ क्षेत्र नं २ जहाँबाट पूर्व प्रधानमन्त्री नेकपा एसका अध्यक्ष माधव नेपाल २०७४ र त्यो भन्दा अघि पटक पटक निर्वाचित भएको क्षेत्रमा आफ्नो दावा प्रस्तुत गरिरहेकी छन् l कुनै पनि क्षेत्र कसैको पेवा दाइजो र वपौती नभएकोले यहाँ आफ्नो हक स्थापित गर्ने ध्याउन्नमा छन् l अहिले माधव नेपालको पार्टी सहित कांग्रेस माओवादी मोर्चाबन्दी गरेर सिन्डिकेटको अभ्यास साथ चुनावमा छन् l यही क्षेत्रमा चर्चा,चासो र सम्भावना बोकेर उदाइरहेकी छन् सोविता l चुनाव जति नजिक हुँदैछ त्यति नै सोविताको उपस्थितिले सो क्षेत्र राष्ट्रिय चर्चाको विषय बनिरहेको छ l मौसम चिसिँदो छ तर चुनावी सर्गमीसँगै यो क्षेत्र अधिक गर्माएको छ l पुराना दलहरू आफ्नो अस्तित्व थाम्न जीवन मरणको सवाल सम्झेर लागिपरेका देखिन्छ्न भने सोविता सानदार ढङ्गले आफ्नो उपस्थितिले सबैको मुटुमा खतराको घन्टी बजाइ रहेकी भेटिन्छन् l अरू रक्षात्मक अवस्थामा रिस्कजोन उन्मुख छन् भने सोविता सेफजोनमा उक्लिरहेकी राजनीतिक विश्लेषक र सो क्षेत्रका मतदाताको आँकलन छ l एउटा हाँक र अठोटको नाम बनेको छ सोविता गौतम l उनका अन्तर्वार्ता र भाषणका क्लिपहरू इन्टरनेटको बजारका हट केक भएका छन् l युवा वयकोलागि आकर्षण र उदाहरण भएर आएकी छन सोविता l उप चुनावमा एक पटक मात्र कांग्रेसले संयोगले विजय प्राप्त गरेको सो क्षेत्र वामपन्थीहरूको लाल किल्लाको रूपमा परिचित छ l राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सोविताको आगमनल र चुनावी गतिविधि, घरदैलो, भेटघाट र प्रचार प्रसार यहाँका मान्छेको समर्थनले यो क्षेत्र वामपन्थीहरूको लागि सिमको किलो भएर लाकपकाइ रहेको छ l सोविताको धमाकेदार धक्का र जनताको आशिर्वादले वामपन्थीको लाल किल्लाको किलो मङ्सिर चार गते उखेलिने सोविताको दावी छ l ‘म सिमको किलो उखेलेर जनताको पवित्र आस्थाको घन्टी स्थापना गर्ने उदेश्यमा छु’ सोविता सगर्व सुनाउछिन् l ‘जनवादी र समाजवादीदलहरूले तीसौ वर्ष यहाँ गरेको शक्तिको दुरूपयोगको हिसाब यो पटक जनताले खोज्ने छन् l राजनीतिक दलको पब्लिक अडिट हुनेछ l हिजोको बेरुजु फर्स्योट गर्न जनताले नयाँ अडिटर खोजेका छन् त्यो म हुँ l’
सोविताका प्रतिस्पर्धी सामान्य छैनन्
सोविता सत्ता गठबन्धनकी हस्ती,पूर्व सभामुख र माओवादीकी प्रमुख नेतृ ओनसरी घर्तीसँग मात्र होइन सदा विजयको विरासत बोकेको एमालेका मणिराम फुयालसँग पनि सङ्घीय संसदमा पुग्न उछिन पाछिन गर्दै छन् l आम राजनीतिको भाष्यले घर्ती र फुयाल राजनीतिका हेवीवेट भनेर परिचित छन् तर आजको यथार्थ उनीहरू राजनीतिका ओभर वेट हुन् l ओभेर रेटेड हुन् l हेल्दी वेट होइनन् l रियल रेटेड बन्न सकेनन् l वर्तमान राजनीति हेल्दी वेटको पक्षमा छ l राजनीतिक रूपम स्वस्थ र प्रतिष्पर्धामा चुस्त दुरुस्त हुनु हेल्दीवेट हो जसको प्रतिनिधित्व सोविताले गरिरहेकी छन् l सोविता टायर्ड र रिटायर्डहरूको अघि इनर्जेटिक लेडी हुन् l सोविताको आत्मविश्वास पुराना पार्टीप्रति जनताको वितृष्णा र माओवादी नेतृ घर्ती दम्पतिप्रतिको जनताको अरुचीले यिनलाई अनुकुल वातावरण छ भनेर तर्क गर्नेको संख्या पनि धेरै छ l ओनसरीका पति पत्नीलाई नै संधै सत्ता र शक्ति चाहिने, संसद बनिरहनु पर्ने लोभले माओवादी भित्र उनीहरूप्रति चर्को असन्तुष्टि र अन्तर्घात हुने सम्भावना पनि सोविताको लागि प्लस पोइन्ट बनेको छ l एमालेका मणिराम व्यक्तिका रूपमा खराब होइनन् र छैनन् तर उनको पार्टी नेकपा एमालेलाई मत माग्न नैतिक सङ्कट भएको कारण उनी सोचेजति बलिया छैनन् भन्ने निस्कर्ष सामान्य मान्छेले समेत सुनाउछन् l एमालेलाई के को लागि मत दिने ? कांग्रेसको आफ्नो उमेद्वार छैन l माओवादी उमेद्वार घर्तीप्रति कांग्रेस कार्यकर्ताको ओठे प्रतिवद्दता मात्रै हो l कांग्रेसका सुभेच्छुक शुभचिन्तक टुरिस्ट उमेद्वार घर्तीलाई मत दिन मन्जुर नभएको देखिन्छ l राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलको सामान्य चर्चा भए पनि उनी सोविताकी प्रतिस्पर्स्धीको लाइनमा छैनन् यद्दपि चुनाव हो असहज र चुनौती छन् तर तिनलाई सामना गर्ने सोविताको सालीन शैली उनको तागत भएर उभिएको छ l सोविताको लागि यो चुनावी अभ्यास नौलो र अनुभवहीन काम हो तथापि उनले यसको सहज व्यवस्थापन गरिरहेकी छन् l उनलाई सघाउने टिमले उनको दैनिकीलाई यन्त्रवत तर भरपूर ऊर्जा प्रदान गरिरहेको छ l सोविताको दैनिकी व्यस्त छ तर अस्तव्यस्त छैन l आकस्मिक र नियमित दुवै कार्यक्रम सोविताले कुशल संयोजन गरिरहेकी छन् l यही गुण र शैली पनि व्यक्तिको व्यस्थापकीय क्षमता मापन गर्ने एउटा परीक्षा हो l पहिलोपल्ट भएर पनि सोविता निर्भयसँग परीक्षाहलमा परीक्षा लेखिरहेकी छन् l यो परीक्षासँग काठमाडौँ क्षेत्र नं २ का जनता र सोविताको भाग्य र भविष्य मात्र लेखिएको छैन देशको राजधानीको रणनीतिक,राजनीतिक क्षेत्र भएकोले आम नेपालीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य पनि लेखिएको छ l आफ्नो जित र जनताको मत बारे सोविता भन्छिन जनताले गर्ने फैसलामा विवेकको यथेष्ट प्रयोग हुन्छ l छोटो समयमा नै मदन भण्डारीलाई राष्ट्रिय र अन्तराष्ट्रिय चर्चामा पुर्याउने र बालेन शाहजस्ता पात्रलाई अनुमोदन गर्ने राजधानी सहरका सुशिक्षित र चेतनाका अग्रणी जनताले त्यसैको कडीको रूपमा आफूलाई विश्वास गरेर जिताउने कुरामा ढुक्क रहेको सोविताको आशा र विश्वास छ l तथापि सोविताको लडाई अहिलेको सत्ता गठबन्धनका नेता वर्तमान प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सत्ता र शक्तिका विरुद्द भएकोले यो चानचुने र सामान्य छैन l नेपाली राजनीतिका यी भीमकाय महारथीहरूलाई सोविताको उपस्थितिले हायल कायल पारेको देखिन्छ l
सोविताप्रति वौद्दिक वर्गको चासो
छोटो समयमा चर्चामा आएको दल र सो दलकी एक मात्र महिला केन्द्रीय सदस्य सोविता पनि सघन चर्चामा छन् उसो त सोविता चर्चाको लागि चर्चामा छैनन् l कुनै नियोजित स्टन्टबाजी र नक्कली अभिनयले उनलाई यो चर्चा दिलाएको होइन l उनको भाषण कला, विषय वस्तु पस्कने दमदार आवाज, बौद्दिक स्तर, राजनीतिक सुझबुझको शैली, जनतासँग भिजेर गर्ने संवाद र पत्रकारहरूलाई दिने जबाफ वजनदार छन् l यही वजनले सविता बौद्दिक जगत र मिडियाको लागि खास र विशेष चासो र जिज्ञासाको पात्र बनेकी हुन् l उनको आकर्षक वाकशिल्पले धेरैको ध्यान खिचेको छ l सोविताका तर्क,ज्ञान र ड्यासिङ्ग पावरले उनी अनुभवी र खारिएकी राजनीतिकर्मीको छनक दिन सफल छन् l जुन सोविताको लागि राजनीतिक पुँजी बनेको छ l दलहरूले दिने झुटो सपनाको विरुद्द फ्रेस र मतदाताले नयाँ अनुहार खोजेको र खोजे जस्तै मान्छे सविता रहेको मतदाताको विचार पाइएको छ l संसद सदस्यमा उठेका राष्ट्रिय पार्टी र तिनका पढेलेखेका नेता समेत संसद्को रोल बारे अनविज्ञ छन् l जानेर या नजानेर वा जानेरै पनि चुनाव जित्न बाटोघाटो, पुल पुलेसा,खानेपानी, सिंचाई, विकास र निर्माणको प्रबन्ध गरिदिने सस्ता कुरा गर्छन l विकासे नारा दिन्छन् l यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर आश्वासन बाँड्छन् l सोविता आफै अधिवक्ता हुन् उनलाई एउटा संसद्को भूमिका संसदमा के हुन्छ थाहा छ ? संसद l मेकर हो एक्ज्युकेटिभ पावर एक्सरसाइज गर्ने व्यक्ति होइन l तसर्थं मतदातालाई अनावश्यक विकासे सपना सोविताको मेनुमा छैन l उनको मेनुमा जे छ त्यही ब्ल्याक एण्ड व्हाइटमा स्पष्ट छ l संसद सदस्य विकासे कार्यकर्ता र कार्यकारी पद होइन त्यसैले आफूले जे गर्ने हो, जे गर्न सकिन्छ त्यो मात्रै बोल्ने र गर्ने सोविताको धारणा छ l राजनीति गर्ने मान्छेले भोलिको बाटो पनि हेर्नु पर्छ र भोलि पनि यहीँ आउनु पर्छ त्यसैले झुटो आश्वासन दिने र आज उम्कने मात्र बाटो सोच्नु गलत र आत्मघाती हुन्छ भन्छिन् सोविता l भ्रमको आयु छोटो हुनाले यथार्थ र सत्य मात्रै गर्ने बोल्ने सोविताको दृढता देखिन्छ l उनलाई चुनाव जित्नकै लागि यताउता कुद्ने र जता बलियो स्थिति छ उतै दौडने र विगतमा गरिएको वाचा सम्पन्न नगरी अर्को,अर्को नयाँ,नयाँ क्षेत्रमा टुरिष्ट उमेद्वार बन्ने निर्लज्ज,बेसरम राजनीतिप्रति तीव्र असन्तोष र चर्को विरोध छ l उनले आफ्नो प्रतिद्वन्दी ओनसरीले चुनाव क्षेत्र पेन्सन पट्टा जस्तो बनाएको र प्रचण्डले सेफ जोन खोज्दै हिडेको तर्फ सङ्केत गरिन् l जसले उनमा रहेको परिपक्वता र जनतालाई हेर्ने अनुभवी दृष्टिकोण स्पष्ट भएको देखाउँछ l
सोविताको संसदमा रोल के हुन्छ ?
नेपालको संविधानले निर्दिष्ट गरेको भूमिकामा रहनु नै संसद सदस्यको कर्तव्य हो l सोविता भन्छिन् म संसदमा जनताको आवाज बोल्छु l संसदमा आफ्नो भूमिका र स्पेश बारे उनी जानकार छन् l त्यसैले भन्छिन् म स्वास्थ्य,शिक्षा र रोजगारी अनि नेपाली युवालाई स्वदेशमा नै उद्दमी बनाएर राख्ने तर्फ नीतिगत निर्णय गर्ने कानुन निर्माण गर्न पहल गर्छु l विदेश पलायन भएका युवा जनशक्तिको पाखुरी र सिप आफ्नै देशको लागि लगाउनु पर्ने उनको तर्क छ l विदेशी भूमिमा रोजगारीमा गएका लाखौ युवालाई स्वदेशमा नै पसिना बगाउन सक्ने वातावरण निर्माण गर्नु आजको पहिलो आवश्यकता हो l म प्रत्येक जनताको आवाज राष्ट्रिय आवाज बनाउने छु l म सोध्ने छु l पुल बनेर उदघाटन गर्न नपाउँदै किन भत्कन्छ ? करोडौ खर्च गरेर बनेको भवनको ढलान किन तुरुन्तै चुहुन्छ ? सडक पूरा भएको महिना दिन बित्दा नबित्दै किन बिग्रन्छ ? शिक्षा र स्वास्थ्य जस्ता संविधानले तोकेको आधारभूत सेवा र अधिकारको विषय किन व्यापार र अत्याधिक मुनाफाको सुरक्षित क्षेत्र बन्छ ? राज्यको स्रोत,शक्ति र सामर्थ्य किन विचौलियाको हातमा जान्छ ? किन सामान्य उपचार गर्न जाँदा पनि घर खेत बेच्नु पर्छ ? किन आयोजनाहरू समयमा सम्पन्न हुँदैनन् ? नीतिगत भ्रष्टचार किन हुन्छ ? विद्वान्,वुद्दीजीवी र प्राज्ञिक मान्छे किन राष्ट्रहितको पृष्ठपोषण नगरेर दलका भक्त बन्छन् ? यी यावत प्रश्न र राष्ट्रका दैंनदिनका समस्याबारे संसदमा जहिल्यै छाती ठोकेर बोल्छु त्यसैले म संसद बन्न चाहन्छु l मानवीय मूल्य,मर्यादा स्वतन्त्रताको रक्षा समानताको अधिकारको प्रत्याभूत गराउन सदा क्रियाशील र सचेत रहन्छु
सोविताको पक्षमा माहोल सिर्जना गर्न सेलिब्रेटी कलाकारहरू,समाजका लब्ध प्रतिष्ठित, खेलाडी, मोडेल,पत्रकार,लेखक,साहित्यकार र सर्वसाधारण व्यक्ति राष्ट्रमा अनेक ढङ्गले योगदान गरेका हस्तीहरू दिन दिनै सोविताको प्रचार र घर दैलोमा हिंड्ने गरेका छन् जसले गर्दा सोविताप्रतिको विश्वास बढ्ने र सामाजिक स्वीकृति फैलने गरेको देखिन्छ l समाजका प्रबुद्द वर्ग र पहिचान प्राप्त व्यक्तिको सहयोग समर्थन र बोलीले सोविताको सार्वजनिक फैलावट अरू फराकिलो बनेको छ l पहिले नै स्थापित तर दुर्गन्धित राजनीतिक दलहरूप्रतिको विकर्षण मात्र नभएर सोविताको क्षमताको क्रेज पनि हो यो हदको चर्चा र जनसमर्थन l
सोवितालाई लाग्ने आरोप
सोविता अनुभवहीन पात्र हुन् l नयाँ पार्टीकी प्रतिनिधि हुन् l नयाँहरू परिक्षीत छैनन् l उनलाई संसदीय राजनीति थाहा छैन l ओठ निचोर्दा दूध आउने कलिली मान्छे राजनीतिको लागि अयोग्य छन् l सिनेमा खेल्न, मोड्लिंग क्षेत्र मात्र उनको लागि ठिक छ l कति निर्जीव र सतही आरोप छन् l यसले पनि विपक्षी पार्टीमा एजेण्डा केन्द्रित राजनीति नभएर व्यक्तिगत आरोप र नयाँ मान्छे भन्ने मात्र आरोप छ l एउटा कुरा सत्य हो उनी राजनीतिको रेसमा पहिलोपटक दौडदै छन् l त्यसैले नयाँ हुन् l २७ वर्ष उमेर भएकी मान्छे,अधिवक्ता, पत्रकारिताको अनुभव भएकी, टेलिभिजन प्रस्तोता, विभिन्न सामाजिक सङ्घसंस्थामा बसेर काम गरेकी मान्छे अब राजनीतिमा अण्डर एज कसरी हुन्छ ? राजनीति सिक्दै र अभ्यास गर्दै जाने कुरा हो l राजनीतिमा कोही जन्मजात राजकुमार राजकुमारी हुँदैनन् l राजनीति पैतृक सम्पति पनि होइन न हो विरासत मात्र l एउटा कुरा सत्य हो सोविता कुनै घरानिया राजनीतिक परिवारकी मान्छे होइनन् l राजनीति गर्ने योग्यता भनेको तथाकथित विशेष परिवार,विरासत कुल, विशेष क्षेत्रको हुनु होइन l सोविता सामान्य परिवारकी छोरी हुन् l उनी आफ्ना कर्मले विशेष बन्न चाहन्छिन् l व्यक्तिको क्षमता रूची र निरन्तर लगानी र लगावले मान्छे योग्य बन्छ l प्रयत्न हो केही गर्छु भन्ने दृढता र अठोट हो राजनीति l यही राजनीतिको मेसोमा राजनीतिको हिलोमैलो सफा गर्ने सोविताको प्रयत्नलाई शुभकामना !
अन्त्यमा ...
सोवितालाई पुराना राजनीतिक दल र तिनका विश्लेषकहरू संसदीय निर्वाचन २०४८, २०५१, २०५६,.२०६४, २०७० र २०७४ हुँदै गत वैशाखमा भएको स्थानीय निकायको निर्वाचन र त्यहाँ दलहरूले प्राप्त मत सङ्ख्याको हिसाब देखाएर, चुनावी अंक गणित सुनाएर सोवितालाई अण्डर स्टिमेट पनि गर्न खोज्दैछन् l राजनीतिक पार्टीका कार्यकर्ता सबै सर्वसाधारण जनता होइनन् र हुँदैनन् l जनताले गर्ने फैसलामा विवेक र विगतको लेखाजोखा हुन्छ l काठमाडौँ महानगर पालिकाको मेयरमा २१ वर्षकी रन्जुले उलेख्य मत प्राप्त गरेको निकट इतिहास छ l मेयर निर्वाचित हुनु अघि बालेनको कुनै सङ्गठन र मत थिएन तर जनताले बालेनलाई पार्टी छोडेर मतदान किन गरे ? यही उत्तर काफी छैन र ? सोविताको पार्टी र सोविता नयाँ भन्नेहरूलाई ? अझ गतिलो जबाफ मङ्सिर ४ गते प्राप्त हुने नै छ l त्यतिन्जेल सबैलाई आफ्नो दावी प्रस्तुत गर्ने छुट छ l सार्वभौमसत्ता सम्पन्न नागरिक कुनै निश्चित दलका रैती र प्रजा भएर मात्रै पक्कै बस्दैननन् ।
-लेखक कार्की त्रिवि कीर्तिपुरका एमफिल–पीएचडी अनुसन्धाता हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९