काठमाडौँ । लिभरपुललाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सिजनको पहिलो जित निकालेको छ। सोमबार राति भएको खेलमा लिभरपुललाई २-१ गोल अन्तरले हराउँदै युनाईटेडले पहिलो जित निकालेको हो।
घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन जाडोन सान्चो र मार्कस राषफोर्डले एक एक गोल गरे। लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए।
खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ५३ औं मिनेटमा राषफोर्डले गोल गर्दै टिमको अग्रता २-० को बनाए।
त्यसपछि खेलको ८१ औं मिनेटमा सलाहले एक गोल गरेपनि युनाईटेड २-१ ले विजयी भयो। जितसँगै युनाईटेडले ३ खेलमा ३ अंक जोडेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९