–मदन विस्ट
परिवर्तन विकासको अपरिहार्य नियम हो । जसले यस नियमलाई स्वीकार गर्न सक्दैन कि ऊ बिलाएर जान्छ वा अस्तित्वहीन भएर जान्छ । परिवर्तनलाई आत्मसाथ गर्नको लागि मानिसले विभिन्न ज्ञान, संज्ञान, सीप, क्षमता र प्रविधि विकास गरेको हुन्छ । मानिस स्वभावैले एक सामाजिक प्राणी भएको हुँदा समाजमा बस्न, बाँच्न र परिवर्तनअनुसार चल्न उसलाई संज्ञानात्मक, मूल्य व्यवस्था र अन्तरक्रियात्मक सामाजिक व्यवस्था चाहिन्छ । त्यसको पहिलो वा आधारभूत आवश्यकता शिक्षा हो । साधारणतया शिक्षा औपचारिक र अनौपचारिक रूपमा छुट्याइएको हुन्छ । औपचारिक बढी संज्ञानात्मक ज्ञान तथ्य र कथ्यहरूले भरिएको हुन्छ भने अनौपचारिक शिक्षा बढी व्यावहारिक अन्तरक्रियात्मक र सूचना प्रदान प्रमुख हुन्छ । विश्वविद्यालय एक शैक्षिक संस्था जसले माथिबाट तल (टप–डाउन) शिक्षाको प्रसार गर्दछ साथै यसले निम्नानुसार कार्य गर्दछ ।
दीक्षित गर्ने (Conferring Human Resources) विश्वविद्यालयले व्यक्ति, समूह, समाज, समुदाय, राष्ट्र–राज्य र विश्वपरिवेशलाई कस्तो प्रकारको सीप भएको मानव संशाधन चाहिएको छ त्यसलाई आपूर्ति गर्ने त्यसै अनुसारकको संज्ञानात्मक र अन्तरक्रियात्मक ज्ञानको आयामबाट मानव संशाधन विकास गर्दछ । जुन मानव संशाधनले राज्य र समाजको सम्मिलीकरण (इन्टिग्रेसन) र नियमन (रेगुलेसन) गर्न मद्दत र्गछ र साथै एक नियमनकारी व्यवस्थाको सिर्जना गर्दछ ।
अनुसन्धान ज्ञानको खोजी गर्ने (Doing Research) विश्वविद्यालयले गरेको शोध, खोज, अनुसन्धान, विश्लेषण र निष्कर्षले निकालेका तथ्यपरक ज्ञानले समाज, राष्ट्र–राज्य र सम्पूर्ण मानव जातिलाई नै सकारात्मक परिवर्तन, समस्या साधान र परिणाममुखी ज्ञान निर्माण गर्दछ । जसको आधारमा विश्वविद्यालयका मूल्य मान्यता र परम्परामा आधारित रहेका हुन्छन् ।
व्यक्ति, समूह, समाज, समुदाय, राष्ट्र राज्य, क्षेत्रीयता र विश्व व्यवस्थालाई हाँक्ने नेतृत्व प्रदान गर्ने (Making leader) विश्व विद्यालयले सूक्ष्म तहदेखि बृहत् तह–तप्का सम्म रहेका संरचना प्रवृत्तिमा नेतृत्व प्रदान गर्ने ज्ञान, संज्ञान अन्तरक्रिया र परीक्षणबाट नेतृत्व विकास गरेको हुन्छ । चाहे त्यो सूक्ष्म तहको वडा कार्यालयको नेतृत्वदेखि राष्ट्र–राज्य तहको कार्यकारिणी नेतृत्वसम्म पुग्न प्रत्यक्ष वा अप्रत्यक्ष प्रश्रय दिने काम गर्दछ । त्यस्तो नेतृत्वदायी जनशक्ति उत्पादन गर्ने एक मात्र केन्द्रको रूपमा विश्वविद्यालयलाई लिने विश्व दृष्टान्त रहेको पाइन्छ ।
नेपालको शिक्षा प्रणाली नेपालको शिक्षा प्रणाली परम्परा र सामाजिक व्यवस्था सँगसँगै पश्चिमी नमूनाको नक्कल लिएर गएको पाइन्छ । मूल्य मान्यता संस्कृति र परम्पराअनुसार नेपाली शिक्षा प्रणाली “बुढो मरे भाषा सरे”, “धावन्ते खेती, सेवन्ते राजा र घोकन्ते विद्या”मा आधारित रहेको छ र पाउँदछौं । तथापि तथाकथित पश्चिमा आधुनिक शिक्षा प्रणालीको अनुसरणबाट नेपालमा संज्ञात्मक र आचरणात्मक ज्ञान, सीप र क्षमताको विकासमा टेवा हुने गरी नक्कल नमुना लागु गरियो । त्यस्ता ज्ञानको कारण ठीमाहा प्रवृत्तिको हावी हुनाले नेपाली शिक्षा प्रणाालीको संख्यामा प्रगति ग¥यो त भयो तर गुण र सारमा प्रगति हुन सकेन । जसको कारण शिक्षाले सोचेअनुसारको प्राविधिक जनशक्ति उत्पादन गर्न सकेन ।
विश्वविद्यालय सेमेष्टर प्रणााली वार्षिक प्रणााली एक विद्यार्थी उन्मुख परम्परा र आधुनिक ज्ञानको संयोग मानिन्छ । जसमा वर्षभरि एक विद्यार्थीलाई उसले लिएको प्रणालीतात्मक र व्यवहारलाई ज्ञान दिएको हुन्छ । यो विषय औपनिवेशिक परम्परामा आधारित शिक्षा प्रणाली हो जसले शिक्षा आर्जनलाई समय संज्ञानसँग महत्व राख्दछ । यसले परिवर्तन क्रमबद्ध र विस्तारै समयक्रम अनुसार हुने प्रक्रिया हो भनी यो बढी स्वीकार गर्दछ । यसका गुणहरूमा विद्यार्थी केन्द्रित हुन्छ, बढी प्रजातान्त्रिक, ज्ञानको वृद्धि गुरु र विद्यार्थीको आपसी समधुरीबाट निस्कन्छ भन्ने मान्यता राख्छ । यसका अवगुणहरूमा समयको बरवादी विद्यार्थी छाडातन्त्रमा हावी र यो एक संज्ञान शिक्षा प्रणाली व्यवस्थाका आधरामा (Cognitive knowledge) को आधारमा रहेकोले यसमा अरू चरहरूको अध्ययन कम हुने हुँदा परिवर्तनलाई आत्मसात गर्न त्यति सक्दैन । साधारणतया सेमेस्टर भनेको १ वर्षको समयलाई दुई सत्रमा विभाजन गरिएको भन्ने बुझिन्छ । यो शिक्षक विद्यार्थीको अन्तरक्रियात्मक ज्ञान र सम्बन्धलाई प्रश्रय दिन निकालिएको शोध मुलुक प्रणाली हो । यसले cognitive and non-cognitive skill लाई बढी जोड दिन्छ । सहभागिता, अन्तरक्रिया, दैनन्दिनी प्रस्तुति निश्चित समय अवधि र प्रतिस्पर्धा विद्यार्थीभित्रै रहेर विद्यार्थी अन्तर हुने हुँदा यसमा विद्यार्थी बढी चनाखो, मूल्यमान्यतामा आधारित र विषयवस्तुमा पोख्त हुने हुन्छ । तर यो अन्तरक्रियात्मक हुने हुँदा जसले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्दछ । यसले दुवै विद्यार्थी र शिक्षकलाई बढी जिम्मेवार र जवाफदेही बनाउँदछ । यसले समयको ज्ञान बोध गर्दछ । यसले निश्चित समय अवधि (Synchronic) लाई महत्वपूर्ण ठान्दछ । जसको कारण वस्तुवादी वर्तमान ज्ञानमा टेवा पुग्दछ । तर यो एउटा बढी लादिएको ज्ञान, सीप र क्षमता उन्मुख भएकोले विद्यार्थी शिक्षक दुवै व्यक्तिगत सोचाई उन्मुख हुन्छन् । शिक्षकलाई यसले बढी व्यक्तिवादी (मै हुँ) Subjective Decision उन्मुख गराउँदछ । जसको कारण शिक्षाको स्रोतमा नै नराम्रो असर परी प्रणालीमा घात पु¥याउन सक्दछ । यो व्यक्तिवादी सोचबाट हावी छ । यसमा विद्यार्थीहरू ९क्थकतझ० प्रणाली र शिक्षकको प्रवृत्तिबाट सधैं त्रसित रहनुपर्ने अवस्था हुन्छ । समय अभावका कारण अनुसन्धानात्मक कार्यको लागि यो अनुपयुक्त छ । यो बढी संकुचित शिक्षा प्रणाली हो ।
चुनौतीहरू र यसका अवसरहरूः
नेपाल एक प्रजातान्त्रिक राज्य भएकाले विश्वविद्यालयले अपनाइएको वार्षिक प्रणाालीको सट्टामा यो सेमेस्टर प्रणालीले नेपाली विद्यार्थीहरूलाई अवसर र चुनौती दुबै दिएको छ । यसले तार्किक विद्यार्थीहरूको उत्पादन गर्न सहयोग पुग्दछ । समय अवधि र समयको ज्ञान बोध यो प्रणालीले सिकाउँदछ । जसको कारण विद्यार्थीले निश्चित समयभित्र निश्चित ज्ञान सीप क्षमताहरू सिक्दछन् । विशेष गरी यो प्रणालीले अन्तरक्रियामा जोड दिने हुनाले मानवीय गुणलाई यसले बढावा दिन्छ र सामाजिक समन्वय कायम गर्न सजिलो हुन्छ । समग्रमा सेमेस्टर प्रणालीले एक विद्यार्थीलाई राष्ट्र राज्यको सामाजिकीकरण र मानव संशाधनमा योग्य हुन र विशिष्टीकृत गर्न सहयोग पु¥याउँछ । जहाँ सम्भावना हुन्छ त्यहाँ चुनौती हुन्छ । सेमेस्टर प्रणालीको अवसर हुँदाहुँदै यसका विश्वविद्यालयमा विभिन्न चुनौती छन्ः प्रशासनिक चुनौती, भौतिक पूर्वाधारको चुनौती, अशक्त शिक्षकहरूको चुनौती, द्वन्द्व बढाउने, वस्तुगत निर्णयको ज्ञान कम भएका शिक्षकहरूको उपस्थिति, आर्थिक समस्या, राजनैतिक कारण, रोजगारी समयको अभाव । आदि यसका चुनौतीहरू हुन् । विश्व परिवर्तन उन्मुख छ । परिवर्तन त्यतिबेला मात्रै स्थापित र दिगो हुन्छ जब परिवर्तन चाहाने र परिवर्तनलाई समीक्षा गर्ने बीच तादात्म्यता मिल्दछ । विश्वविद्यालय एक ज्ञान, संज्ञान, सीप, क्षमता शोधखोज र अनुसन्धानको मुख्य स्रोत हो । जसले व्यक्ति, समूह, समाज समुदाय राष्ट्र राज्यलाई आवश्यक पर्ने, ज्ञान र मानव संशाधन निर्माण गर्छ । वार्षिक प्रणालीको तुलनामा सेमेस्टर प्रणाालीले यी कुराहरूलाई बढी प्राथमिकता दिन्छ । तर ती प्राथमिकतालाई केन्द्रमा राख्नको लागि अवसरहरूलाई प्रयोग गरी चुनौतीहरूको सामना गर्नुपर्दछ । (लेखकः अनेरास्ववियु त्रि.वि. केन्द्रीय क्याम्पस कमिटीका अध्यक्ष समेत हुन् ।)
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४