फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ ।
स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामान तथा दुई वटा बङ्गुर जलेर नष्ट भएको बताए ।
स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठाभाडामा बसेका थिए । उनीहरूको पनि केही सरसामान निकाल्न नसकेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९