काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
११ हजार ८८० वटा नमुना परीक्षण गर्दा १,३६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज २ हजार २३८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४ पुगेको छ ।
आज १२ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ८६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८