काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४०१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा ती सङ्क्रमित थपिएका हुन् । ११६०३ पीसीआर परीक्षण गर्दा १८५१ र ४७५३ एन्टीजेन परीक्षण गर्दा ५५० जना सङ्क्रमित थपिएका हुन् ।
आज कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा आज १०१७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बुधबार ७७७७ जना निको भएका छन् ।
सक्रिय सङ्क्रमित सङ्ख्या ३० हजार २४१ रहेको छ । एकैदिनमा २ लाख ४६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८