काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो ।
८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ सक्रिय सङ्क्रमित छन् ।
यस्तै मंगलबार थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएका मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८