काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरेको ११ हजार ३६५ जनाको परीक्षणबाट उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।
पछिल्लो २४ घण्टामा ६१४६ जना कोरोना सङ्क्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १३ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ४० हजार १११ जना कोरोनाका सक्रिय सङ्क्रमित छन्।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८