बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिका–३ सतपतियामा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगन्ज नरसिंह होममा उपचारको क्रममा गए राति ९ः ४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमीला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगन्जमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८