काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ४३५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय सङ्क्रमित छन् ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८