काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौँ फर्किएको छ ।
अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए ।आकाशमै हवाई जहाजको ढोका खुलेपछि पुनः विमानस्थलमै फर्काइएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८