काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभरी सक्रिय संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी २१ हजार पाँच सय ८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयले आज थप ४६ सय ३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार १० हजार चार सय १२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार सात सय एक र ४ हजार एक सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा नौ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ४ जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ ।
उपत्यकामा २२ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १५ सय ९१ जनामा संक्रमण देखिएको छ । यस्तै ललितपुरमा चार सय ८६ र भक्तपुरमा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवनमा एकैदिन दुई सय पाँच जनामा संक्रमण देखिएको छ ।
प्रकाशित मिति: शनिबार, माघ १, २०७८