काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
१५ हजार ८१ जनामा परीक्षण गरिएकोमा ३५ सय ५३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय १० पुगेको छ ।
देशभर १४ हजार ३ सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
एकै दिन ३ लाख ५६ हजार ४ जनालाई कोभिडविरुद्धको खोप दिइएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८