विराटनगर । कोसी अस्पतालमा ३ चिकित्सकसहित १५ जना कोभिड–१९ संक्रमित भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको बताइएको छ ।
अन्य कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन, आँखाका कार्यालय सहयोगी, अन्य एक सहयोगी, हड्डीको बहिरंगका विभागका २ नर्स, तीन जना प्लास्टर गर्ने, एक स्विपर र एक पूर्जी काउन्टरका कर्मचारी हुन् ।
तेस्रो चरणको लहरको क्रममा सबैभन्दा पहिले ५ पुसमा अस्पतालको एक कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो । त्यसपछि १५ पुससम्म कसैमा संक्रमण देखिएको थिएन ।
बाँकी १४ जना १५ पुसपछि संक्रमित भएका हुन् । उक्त अस्पतालमा कोरोना कहरको पहिलो चरणमा चिकित्सकसहित १ सय ५० जना र दोस्रो चरणमा ९० जना संक्रमित भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८