काडमाडौँ । कोरोना भाइरस संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको हो ।
मंगलबार दिउँसो काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका छन् । सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८