काठमाडौँ । गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु  जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् । 
गीतमा सुदिप कुँवरकै संगीत र केशबबडुको एरेन्ज रहेको छ । कुँवरले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाईसुदिप कुँवरले फकाइरहेको देख्न सकिन्छ । 
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७