काठमाडौँ । आज काठमाडौं उपत्यकामा थप ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार उपत्यकामा थप ८ सय १७ जनामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका ६ सय ४९ जना, भक्तपुरका ३६ जना र ललितपुरका १ सय ३२ जना छन् ।
त्यसैरी पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा अहिले सम्म ७४ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ५४ हजार ६ सय ४० जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा ७ सय ४२ जना निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ४ सय ८१ जनाले ज्यान गुमाएका छन्।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७