काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन् ।
 उनीहरूले आज जिल्ला अदालत काठमाडौंमा कानुनी रुपमा विहे गरेका हुन् । अदालतमा उनीहरूले एकअर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरूका पारिवारिक सदस्यहरू मात्र सहभागी थिए । 
विवाहपछि प्रियंकाले कानुनअनुसार आफूहरू एक भएको भन्दै लेखेकी छिन्- मिस्टर एन्ड मिसेस ।  प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ ।
कानूनी रुपमा आज बिहे गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने भोलि विवाह गर्दे छन् । भोलि बिहेपश्चात भव्य पार्टीको आयोजना गरिँदै छ । 
 
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६