काठमाडाैं । नवगायिका फिबी परियारको बिर्सन गाह्रो छ बोलको गीत बजारमा आएको छ । काठमाडाैंमा एक पत्रकार सम्मेलनबीच उक्त गीत सार्वजानिक गरिएको हो ।
मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नुहुने छ , गायिका परियारले भनिन् । गीतमा गीतकार सुशील दाहालको शब्द,चर्चित संगीतकार राजु सिंहको संगीत र गायिका परियारको आवाज सुन्न सकिन्छ । गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।
भिडियोलाई निर्देशक अरुणजंग शाहीले छायांकन, निर्देशन र सम्पादन गरेका हुन् भने सुवास भुसाल, पारु कार्की र पूजा थापाको अभिनय हेर्न सकिन्छ ।
हेर्नुहाेस् भिडियोः
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६