काठमाडाैं । बहुविवाहको मुद्दामा अदालतमा उपस्थित भएकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् ।
शुक्रवार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी शिल्पालाई आइवार बयान सकेर थुनछेक बहस गरी शुक्रवार नै साधारण तारेखमा छाड्ने आदेश भएको हो ।
न्यायाधीश मुकेश उपाध्यायको इजलासले पोखरेललाई तारेखमा छोड्न आदेश दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
निर्माता छविराज ओझा र पोखरेलविरूद्ध ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह मुद्दा हालेकी थिइन् । बहुविवाह मुद्दामा फरार रहेपछि दुवै लाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
त्यसविरुद्ध शिल्पाले सर्वोच्च अदालतमा दायर गरेको निषेधाज्ञासम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले खारेज गरिदिएपछि शिल्पालाई पक्राउ गर्न बाटो खुलेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६