सेयर बजार मापक नेप्से आज ८.६९ अंकले बढेको छ । दसैंलाई सेयर बजारले सुभ संकेत दिएको छ। उक्त दिन फाइनान्स कम्पनी समूहको सूचक बाहेक अरु सबै समूहको सूचक बढेका छन्।
सबैभन्दा बढी उत्पादनमूलक समूहको सूचक ८३.१५ अंकले बढेको छ। जीवन बिमा कम्पनी समूहको सूचक ४९.५१, निर्जीवन बिमा कम्पनी समूहको सूचक ३९.८ अंक र ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंक समूहको सूचक ६.१५ अंकले बढेको छ। उक्त दिन १७ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
उक्त दिन सोल्टी होटलको सेयर सबैभन्दा बढी ३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको सेयरको कारोबार सिद्धार्थ बैंकको भएको छ। उक्त बैंकको १ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी सेयर कारोबार हुने शिवम सिमेन्टको सेयर रहेको छ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६