काठमाडाैं । लगातार ओरालो लागेको सेयर बजार काराेबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि काराेबार रकममा भने खासै वृद्धि हुन सकेन । स्टकका अनुसार कुल १५७ कम्पनीको छ लाख ३३ हजार ९५१ कित्ता सेयर रु १६ करोड ८८ लाख २८ हजारमा खरीद–बिक्री भए ।
काराेबार भएका कुल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै सेयर ओरालो लागेको छ भने १० उपसमूहको सेयर वृद्धि भएको छ । अन्य उपसमूह ६.८२ विन्दुले घट्दा बैंकिङ ९.८१, होटल ४९.०२, विकास बैंक ९.८९, जलविद्युत् २०.१८, वित्त ३.१७, निर्जीवन बीमा ६६.४९, उत्पादन ३८.८९, लघुवित्त १०, जीवन बीमा ७१.८६ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् ।
काराेबारका आधारमा आज सनराइज बैंक शीर्ष स्थानमा छ । सो बैंकको २ करोड १३ लाख ६० हजार २ सय ६५ रुपैयाँ बराबरको काराेबार भयो । यस्तै प्रभु बैंक १ करोड ३१ लाख ११ हजार ४ सय ७०, नेपाल बैंक एक करोड १८ लाख ९८ हजार ९ सय ५८, सानिमा बैंक ८२ लाख ३७ हजार २ सय ३६, सिटिजन बैंकको संस्थापक सेयर ७५ लाख र शिवम् सिमेन्टको ७० लाख ३४ हजार ७ सय ४० मा कारोबार भइ शीर्ष स्थानमा छन् ।
स्टकका अनुसार बढेको बजारमा युनियन हाइड्रो पावर ५.८८, साञ्जेन जलविद्युत् कम्पनी ५.५२, तिनाउ मिशन डेभलपमेन्ट बैंक ५.४४, युनाइटेड फाइनान्स ५.२०, सानिमा माई हाइड्रोपावर ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२० प्रतिशतले कमाए । माउन्टेन हाइड्रो ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सानिमा बैंक ३.६२, मल्टिप्रपोज फाइनान्स कम्पनी २.९१, सेन्ट्रल फाइनान्स २.६७ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०८ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६