नेपाल कम्युनिष्ट पार्टीका पाेलिटब्युराे सदस्य जीवन्तलाई जिल्ला अदालत काठमाण्डाैंले पाँच दिनकाे म्याद थप गरेकाे छ । चैत १ गतेदेखि लागू हुने गरी जीवन्तलाई पाँच दिनकाे म्याद थप गरेकाे हाे ।
उनलाई राजद्राेहकाे मुद्दा लगाइएकाे छ । त्यस्तै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का संयाेजक राजु कार्कीलाई थप चार दिन म्याद थप गरेकाे छ भने युवा संगठनका जयराम दंगाेललाई तीन दिन म्याद थप गरेकाे छ । तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएकाे छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५